• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
लोकप्रिय बन्दै  थाली नाचँ (फाेटाे फिचर)

पछिल्लो समय युवा पुस्तामा थाली नाचँ लोकप्रिय बन्दै गएको छ । विभिन्न सभा समारोह र कार्यक्रमहरुमा थाली नाचको प्रस्तुती अनिवार्य जस्तै भएकाे भएकाे छ । पछिल्लो समय मगर समुदायका युवतीमा मात्र नभइ विभिन्न जात जाती माझ थाली नृत्यप्रतिको क्रेज बढ्दै गएकाे हाे ।

थाली नाचमा नाच्ने व्यक्तिले महिला कलाकारले मौलीक पोषाक गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ। हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई थाली नाचँ नाच्छन् । दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा यसको नामै थाली नाच रहन गएको थाली नाचँका नृत्यकार सुमित्रा तिलिजा मगरले बताउनुभयो । यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न कठिन हुन्छ । यो नाचमा हातखुट्टा र शरिरको चाल समेत मिल्नुपर्छ । यसमा थाल भुईमा खस्यो भने अशुभ मान्ने चलन रहेकाे उहाँकाे भनाइ छ ।

मगरहरुकाे संस्कृति अनुसार नै यश नाचँमा चरेसकाे थाल प्रयोग गरेर नाचिन्छ। बाजाको ताल मा गीतको लय र शब्दसँंगै हातमा थाल राखेर गरिने थाली नृत्य नेपालमा मात्र सीमित नभई हाल प्रवाससम्म पुगेको उहाँ बताउनुहुन्छ।

 

सम्बन्धित समाचार

Facebook Comments