• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
महेश बने सप्तगण्डकी बहुमुखी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको एमाले निकट अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा महेश सापकोटा चयन भएका छन् ।अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीको बैठकले आज सापकोटालाई सभापतिमा चयन गरेको हो । सापकोटालाई उम्मेदवार बनाउन क्याम्पस कमिटीका इन्चार्ज अक्षयराज पन्तले लिखित प्रस्ताव गरेपछि बैठकले सो प्रस्तावलाई निर्विरोध पारित गरेको हो । 

क्याम्पस कमिटीका अध्यक्षसमेत रहेको सापकोटा अहिले क्याम्पसमा ग्रामीण विकासमा एमए अध्ययनरत छन् ।माडी नगरपालिका–७ देवेन्द्रपुरमा विसं २०५४ सालमा जन्मिएका सापकोटाले एसएलसी होलीभिजन स्कुल, उच्च मावि वाल्मीकिबाट अध्ययन गरेका थिए । उनले सप्तगण्डकी बहुमुखी क्याम्पसबाट वातावरण विज्ञानमा बीएस्सी गरेका हुन् । चितवनका अग्रज पत्रकार नारायण सापकोटाको छोरासमेत रहेका सापकोटा अनेरास्वयिुको सभापतिको उम्मेदवारमा चयन भएसँगै विद्यार्थीको हकहितको लागि आफू अग्रमोर्चामा खटिएको बताए । उनले भने, ‘ विद्यार्थीहरुको हकहितलाई व्यवस्थित गर्न क्याम्पसमा सहजीकरण गर्नेछु । सप्तगण्डकीको राष्ट्रिय गरिमा र प्रतिष्ठा कायमै राख्न अझ जिम्मेवार बन्दै अगाडि बढ्ने प्रण गर्छु ।’

 

सम्बन्धित समाचार

Facebook Comments