गैडाकोटमा जारी महोत्सवमा आज कुलेन्द्र बि.क र कला लम्साल आउदै
आइतबारदेखि सुरु भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला २०७९ गैँडाकोटको नारायणी नदी किनारमा जारी छ ।
महोत्सवको चौथो दिन आज स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुती दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघको सहआयोजना र गण्डकीका सबै उद्योग वाणिज्य संघहरुको सहयोगमा जारी महोत्सवमा आज गायक राजु परियार, दिपक खड्का, वसन्त लम्साल, गायिका पुर्णकला वि.सी.लगायतको प्रस्तुती रहेको छ।
महोत्सवको पाँचौ दिन भोलि कुलेन्द्र बि.क, दिपक खड्का, कला लम्साल, दुर्गा सापकोटा, सपना परियार लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा झण्डै ३ सय स्टल राखिएको छ भने स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि भइरहेको छ । महोत्सवको करीब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
Facebook Comments