• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
मिरुना र ‘कबड्डी ४’को बिरुद्दमा प्रदर्शन

काठमाण्डौं,जेठ १७ । अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको हिरासतमा छन् ।

फुर्वा पक्राउ परेपछि यो बिषयले सामाजिक संजाल गर्माएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतीपयले मिरुनाले फुर्वामाथि माफी मागेपछि पनि अन्याय गरेको तर्क गरिरहेका छन् ।

आज बिहान काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गदै आन्दोलन भएको छ । केही व्यक्तिहरुले फिल्मको पोष्टर समेत जलाएका थिए । सम्भवत यसरी नेपाली फिल्मको पोस्टर जलाइएको घटना यो पहिलो हो। ब्यबसायिक रुपमा सफल भई रहेको चलचित्र ‘कबड्डी ४’ विवादमा फसेको छ।

सम्बन्धित समाचार

Facebook Comments