क्रुज सयर गर्दै पूर्वमन्त्री पाण्डेले भने आफ्नै निर्वाचन क्षेत्रमा पहिलाे क्रुज चल्दा खुसी लाग्यो, यसले पर्यटकीय गतिविधि बढाउछ
पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले क्रुजको निरीक्षण गर्नुभएकाे छ। राइनाे वाटर इन्टरटेनमेन्ट प्रा.लि द्वारा भरतपुर-१६ काप्रेघाटमा संचालित क्रुजको अवलोकन गर्नुभएको हो।
क्रुजको अवलोकन गर्दै मन्त्री पाण्डेले नेपालमा पनि यस किसिमको क्रुज चल्नु खुशीको कुरा भएको भन्दै क्रुज सयर गर्दा रमाइलो भएकाे बताउनुभएको छ। आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्रमा नेपाल काे पहिलो क्रुज चल्नु खुसीको कुरा भएको भन्दै उहाँले क्रुजको संख्या अब नेपालमा बढाउनुपर्ने बताउनुभयो।
उहाँले क्रुजले पर्यटकिय गतिविधिलाई अघि बढाएकाे भन्दै सञ्चालक समुहलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ। विदेश जादाँ धेरै क्रुज चढेकाे अनुभव सुनाउदै उहाँले पर्यटकीय गतिविधि चलायमान हुनेहुनाले क्रुजलाई बिस्तारै अन्य क्षेत्रहरुबाट नि सञ्चालन गर्नपर्ने बताउनुभयो।
Facebook Comments