नेपालमा जल यात्राले प्रचुर सम्भावना बोकेको छ सरकारको यस तर्फ ध्यान जानूपर्छ: पुर्वमन्त्री बास्कोटा
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालले जल यातायातमा प्रचुर सम्भावना बाेकेकाे बताँउदै नेपालकै पहिलाे क्रुजको लागि सरकारको ध्यान जानपर्ने बताउनुभयो। चितवनमा आफ्नो जीवन संगीनि सहित राइनाे वाटर इन्टरटेनमेन्ट प्रा.लि द्वारा संचालित पहिलाे क्रुजको सयर गर्ने क्रममा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो।
१ घण्टाको क्रुज अवलोकन गर्ने क्रममा उहाँले नेपालमा नै केही गर्छु भन्ने उर्जा बोकेका युवाहरूले यसरी चितवनको नारायणी नदि किनारमा क्रुज चलाउनु ठुलो कुरा भएको बताँउदै क्रुज सञ्चालन हुनु खुसीको कुरा भएको बताउनुभएको हो। कुनै समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले पानीजहाजको कुरा गर्दा हाँसेर उडाउनेहरु थिए अहिले क्रुज चल्दा खुसी लाएको समेत बताउनुभएको छ।क्रुज सञ्चालन हुनु खुसिकाे कुरा हाे तर नारायणीमा भएकाे भगांलहरुले क्रुज सञ्चालनमा भएकाे कठिनाइलाई सरकारले हेर्दिनुपर्ने उहाँको भनाइ छ। नेपालकै पहिलो क्रुज देशकै गौरव हो क्रुज सञ्चालनमा भएकाे प्रकृतिक कठिनाइ सरकारले हेर्दिनुपर्ने भन्दै पूर्वमन्त्री बास्काेटाले नेपालमा जल यात्राको प्रचुर सम्भावना छ नारायणीमा मात्रै नभइ काेशी कर्णाली जस्ता ठुला नदिहरुमा पनि अब क्रुज सञ्चालन गर्न तर्फ जाेड दिनुपर्ने बताउनुभयो।
पर्यटकीय गतिविधिलाई क्रुजले सहयोग गर्ने र देशको अर्थतन्त्र बढाउन मद्दत गर्ने बताउदै उहाँले क्रुज सञ्चालन हुदाँ त्यस क्षेत्रका बासिन्दाले राेजगार पाउनुकाे साथै पर्यटकिय गतिविधि बढ्दा व्यापार व्यवसाय देखी सबै क्षेत्रमा फाइदा हुने हुनाले स्थानीकाे जीवनस्तर सुधार हुँदै जाने उहाँको भनाइ छ।
Facebook Comments