उपनिर्वाचन हुने क्षेत्रमा राप्रपाको सम्पर्क कार्यलय स्थापना
राष्ट्रिय प्रजातज्त्र पार्टीले उपनिर्वाचन हुने क्षेत्रका बिभिन्न वडामा सम्पर्क कार्यलय स्थापना जारी राखेको छ । चितवन क्षेत्र नम्बर २ मा आगमी बैशख १० गते हुने उपनिर्वाचनका लागी बिभिन्न वडामा सम्पर्क कार्यलयको स्थापना जारी राखिएको हो ।
शनिबार भरतपुरको वडा नम्बर ४, ५ र ७ मा सम्पर्क कार्यलयको स्थापना गरिएको प्रचार प्रसार संयोजक तथा राप्रपा भरतपुरका सचिव सुलभ सिग्देलले जानकारी दिनु भयो ।
यसअघि भरतपुर वडा नम्बर ३ मा सम्पर्क कार्यलयको स्थापना गरिसकेको संयोजक सिग्देलले बताउनुभयो । उहाँका अनुसार आईतवार कालिका नगरपालिकाका बिभिन्न वडामा सम्पर्क कार्यलयको स्थापना गरिने छ ।
सम्पर्क कार्यलयको उद्घाटन कार्यक्रममा बोल्दै उपनिर्वाचनका उम्मेदवार जीवलाल पुरीले यसवर्ष पार्टीले आफुलाई निर्वाचित हुने विश्वासका साथ टिकट दिएको बताउनुभयो । उहाँले सबैलाई सहयोग गरि निर्वाचित गराउन अनुरोध गर्नुभयो ।
उद्घाटन कार्यक्रममा राप्रापा केन्द्रिय सह महामन्त्री रीना गुरुङ्ग, केन्द्रिय सदस्य जगदिश पन्त, जिल्ला अध्यक्ष रुद्र प्रसाद ढकाल लगाएतको सहभागीता रहेको थियो
Facebook Comments