राष्ट्रिय मुक्ति आन्दोलन पाटिबाट उमेदवार बनेका पाख्रीनको ३० हजार मतले उपनिर्वाचन जित्ने दावी
चितवन क्षेत्र न.२ मा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पाटि बाट उमेदवार बनेका छत्र कुमार पाख्रीन (सरोज) ले ३० हजार मतले आफुले उपनिर्वाचन जित्ने दाबी गर्नुभएको छ। आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जितकाे दावी गर्नुभएकाे हाे।
जनताका आधारभुत आवश्यकताका मुद्दा लिएर आफू उपनिर्वाचनकाे उमेदवार भएकाे बताउदै उहाँले घरदैलाे गर्ने क्रममा पनि राम्रो प्रतिक्रिया पाएको बताउनुभएको छ। पाख्रीनले देशले परिवर्तन चाहेकाे बताउदै पुराना पाटिबाट जनता आजित भएकाे र युवाकाे खाचाेँ भएकाेले आफुले उमेदवारी दिएकाे बताउदै आफुले चितवन २ मा ३० हजार भाेट सहित जित्ने बताउनुभएको हाे। ``पुराना पाटिले सधै जिते केही गरेनन्, रवि पनि एकपटक हेरिसके अब नयाँ पाटि र नयाँ मान्छेकाे चितवन-२ लाई खाचाे छ।´´ उहाँले भन्नुभयो।
चितवन भन्दा बाहिरबाट आएर उमेदवार बने पनि आफुले चितवनकाे भाैगाेलिक अवस्थालाई बुझेकाे र आफुमा हाल सम्म कुनै आराेप उजुरी नपरेकाे दाग रहित भएकाे बताउदै यहाँका मतदाताले उहाँलाई भाेट दिने बताउनुभएको छ।
Facebook Comments