नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज
चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म २ लाख २१ हजार ५०३ जनाले निकुञ्जको अवलोकन गरेका हुन ।
तीमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्र र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेको तिवारीले बताए । नौ महिनामा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या गत वर्षभन्दा धेरै हो । चितवन निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष १ लाख ९० हजार ४५८ जना पर्यटकले अवलोकन गरेका थिए ।
आर्थिक वर्ष २०७५/७६ मा १ लाख ८७ जनाले अवलोकन गरेका थिए । ‘पछिल्ला १० वर्षमा २०७५/७६ मा धेरै पर्यटकले निकुञ्ज घुमेका थिए । त्यसपछि कोभिड–१९ को असर प¥यो । यस वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या निकै बढेको छ,’ तिवारीले भने, ‘नौ महिनामा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या विगतमा वर्षभरिमा घुम्नेको संख्याभन्दा बढी छ ।’
Facebook Comments