जलकुम्भी फुलले बनाएकाे फेरिल्याण्डमा टिकटक बनाउनेकाे घुइँचो, सरंक्षणकर्मीकाे चिन्ता
चितवनकाे किङ फिसर तालमा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ। चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेकाे नवज्योति मध्यवर्ती सामुदायिक वन क्षेत्रका ताल तलैयामा फुलेका जलकुम्भीका कारण यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकाे छ। भने यस क्षेत्रलाई फेरिल्याण्डकाे उपनाम दिइएकाे छ।
टिकटकमा भाइरल भएकाे देखेपछि भरतपुर-१५ बाट सपरिवार सहित आएका बच्चु पाैडेलले जलकुम्भी फुल्दा बढेकाे आन्तरिक पर्यटकले धरासयी भएकाे पर्यटकीय क्षेत्रलाई केही समय भएपनि मद्दत पुग्ने बताए। उनले दिर्घकालिन नहुने भएपनि केहि समय यसले पनि मद्दत गर्न सक्ने उल्लेख गरेका छन्।
भरतपुर ७ कि सुरक्षा बस्नेत पनि टिकटकमा फेरिल्याण्डले भाइरल रहेकाे देखेपछि उक्त ठाउँ घुम्न र टिकटक बनाउनलाई नै साथिहरु सहित त्यस ठाउँमा पुगेकाे बताउँछिन्। टिकटकमा देखेर सार्है मन लाेभ्याएर आकाे, ठाउँ निकै मन पर्याे भन्दै हात मा फुल लिएर टिकटक बनाउन र फाेटाे खिच्न उनिहरु व्यवस्थ देखिन्थे।
नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक करिब ८ सय आन्तरिक पर्यटक आउने गरेको बताए। पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ छ।
यता सरंक्षण कर्मिहरुभने चिन्तित देखिन्छन्। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए। जलकुम्भी भनेकाे ताल सुकेर उम्रने झार रहेको र यसले तालतलैयालाई असर गर्ने उल्लेख गर्दै उनले तालको संरक्षणमा जुट्न आह्वान समेत गरेका छन्।
Facebook Comments