• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
दक्षिण कोरियामा रोजगारको सुवर्ण अवसर, भाषा परीक्षाका लागि आवेदन दिन आह्वान

दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो ।

 https://epsnepal.gov.np/wp-content/uploads/2023/07/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A4%A6%E0%A5%8D%E0%A4%A6-%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%A6%E0%A4%BE%E0%A4%B0-Committed-Workers-%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%85%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4-%E0%A4%9C%E0%A4%B0%E0%A5%81%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE-%E0%A5%A4.pdf

आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ ।

भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।

सम्बन्धित समाचार

Facebook Comments