• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
साफ यू-१६ च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्ने

भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।
नेपालको यो पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हुनेछ । समूह ए को पहिलो खेलमा बंगलादेश भारतसँग १-० ले पराजित भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले आजको खेल जिते पनि सेमिफाइनल पुग्नेछ ।

बंगलादेशका लागि भने सेमिफाइनल सम्भावना कायम राख्न नेपालसँग हार टार्नुपर्नेछ । बंगलादेशले २०१५ र २०१८ मा उपाधि जितेको थियो भने नेपाल साविक उपविजेता हो । चार पटक उपविजेता भएको नेपाले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन् ।

 

सम्बन्धित समाचार

Facebook Comments