नेपालले टिमोर लिस्टेसँग खेल्दै
काठमाण्डौ ,जेठ १४ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपाल र टिमोर लिस्टेबीचको खेलमा कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः४५ बजे हुनेछ ।
टिमोर लिस्टेलाई हराउँदै नेपाल छनोटको तयारीलाई थप मजवुत रहेको सन्देश दिन चहान्छ । तर, टोलीमा नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीको अनुपस्थितिको अभाव खड्किनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीच विवाद भएपछि एन्फाले आफुविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई टोलीमा समेटेको छ । टिमोर लिस्टेसँगको खेल युवा टोलीको लागि एक्सपोजरको रुपमा हेरिएको छ । टिमोर लिस्टेपछि पछि नेपालले जेठ २० मा ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । यि दुवै ख्ललाई फिफाले अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।
Facebook Comments