• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
‘सेन्ट्रल कलेज मसंग जब फेयर हुने

चितवनमा निजी क्षेत्रबाट दोस्रो पटक ‘सेन्ट्रल कलेज मसंग जब फेयर–२०८०’ (रोजगार मेला) हुने भएको छ । यही असोज २६ गते भरतपुरमा सेन्ट्रल कलेजको प्रायोजनमा एक दिनेजब फेयर हुन लागेको हो ।

मेला विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुने आयोजक मसंग जबका प्रमुख पवन थापाले जानकारी दिए । यस रोजगार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न क्षेत्रका अटोमोबाइल, एफएम सिजी, आइटी, आइएसपी, मेडिकल क्षेत्र, इन्जिनियरिङलगायत देशभरका २० भन्दा बढी कम्पनीहरुको प्रत्यक्ष सहभागि रहने थापाले जानकारी दिए ।

चितवन लगायत देशका विभिन्न ठाउँहरुमा रोजगारीको अवसर खोजि रहेका नवप्रवेशी लगायत उपयुक्त कम्पनीको खोजीमा रहेको सम्पूर्ण व्यक्तिहरुलाई जब फेयर (रोजगार मेला) एक कोसे ढुङ्गा साबित हुने आयोजकले अपेक्षा गरेको छ । । यस मेलामा प्रवेश निःशुल्क गरिएको छ । जागिरको खोजीमा रहेकाहरुले तत्कालै निश्चित प्रक्रिया पुरा गरि सोही ठाउँमै अन्तरवार्ता दिन सक्ने छन् । कम्पनीको आवश्यकता अनुसार सबै कुरा मेल भएमा त्यतिबाट आवश्यक कर्मचारी छनोट समेत गरिने छ ।

 

सम्बन्धित समाचार

Facebook Comments