• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
उद्धमशीलता र कार्यदक्षताकाे विकासको लागि महिला उद्धमी तर्फको कार्यसमिति सदस्यमा तिमल्सिनाको उमेदवारी

उद्योग वाणिज्य संघ चितवनको महिला उद्धमी तर्फको कार्यसमिति सदस्यमा युवा महिला व्यवसायी अस्मिता तिमल्सिनाले उमेदवारी दिएका छन् ।

चितवनमा रहेर डेढ दसक देखि व्यवसाय गर्दै आउनुभएकि अस्मिता अहिले हार्डवयर व्यवसायी सघंकाे कार्यसमिति सदस्य हुनुहुन्छ । भने उहाँ नारायणगढ लेडि जेसिज वर्ष २०२३ काे कार्यकारिणी उपाध्यक्ष, इनरह्वील क्लब अफ भरतपुर सिटीका सस्थांपक सम्पादक पनि हुन्।

अस्मिता इन्टरप्राइजेज र अर्भिक इन्टरप्राइजेजका सञ्चालक रहेका तिमिल्सिनाले व्यवसायीक सम्भावनाको खोजी उद्धमशीलता र कार्यदक्षताकाे विकास गर्ने उदेश्यले उम्मेदवारी दिएको बताउनुभयाे । ‘अहिले व्यवसाय गर्न कठिन भएको अवस्थामा व्यवसायीक सम्भावनाकाे खाेजी गर्न र नयाँ प्रविधि सहित व्यवसाय गर्न आवश्यक रहेको बताउदै चितवनलाई व्यावसायिक वातावरणमा बढाउन उम्मेदवारी दिने निर्णय लिएको उहाँको भनाइ छ।

उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पुस २१ गतेदेखि शुरु हुने छ । निर्वाचनको कार्यक्रम पुस २३ गतेको लागि तोकिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments