व्यवसायीक हितका लागि विकास गर्न उद्योग तर्फ कार्यसमिति सदस्यकाे लागि अधिकारीकाे उम्मेदवारी
पुस २१ गतेदेखि शुरु हुने अधिवेशन तथा २३ गते हुने उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा उद्योग तर्फको कार्यसमिति सदस्यमा युवा व्यवसायी शकंर अधिकारीले उमेदवारी दिएका छन् ।
चितवनमा रहेर झन्डै दुई दशक देखि व्यवसाय गर्दै आउनुभएका अधिकारी अहिले निर्माण व्यवासायी सघंकाे सचिव हुनुहुन्छ भने उहाँ कर परामर्सदाता संस्था चितवनकाे वरिष्ठ उपाध्यक्ष, लायन्स क्लव अफ भरतपुरकाे सचिव, गणेशधाम संरक्षण सम्बर्द्धन समितिको निवर्तमान काेषाध्यक्ष र हाल आर्थिक समिति प्रमुख पनि हुनुहुन्छ।
वि.ए कन्स्ट्रक्सन र ब्रोड कन्सेप्ट एकाउण्टिङ्ग एण्टिडाेट नामक कर परामर्श संस्थाकाे सञ्चालक अधिकारी १ दर्जन भन्दा बढि सस्थांमा आबद्ध रहेर काम गरिसक्नु भएकाे छ। उहाँले व्यवसायलाई राजनितिकरण हैन, व्यवसायीक हितकाे लागि बिकास गर्ने उदेश्यले उम्मेदवारी दिएको बताउनुभयो ।
आफू निर्माण व्यवसायी सघंकाे साझा उम्मेदवार रहेकाे बताउदै उहाँले ‘अहिले व्यवसायमा छाएकाे राजनीति र परेकाे प्रभावलाई हटाउदै चितवनमा व्यावसायिक वातावरण सिर्जना गर्न उम्मेदवारी दिने निर्णय लिएको बताउनुभयो। उहाँले आफुले नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, हाेटल व्यवसायी संघ र नेपाल घरवहाल उपभाेक्ता मञ्च लगायतमा संस्थापन कालदेखी प्रत्यक्ष र अप्रत्यक्ष याेगदान दिदै आएकाेले आफुलाई सबैले सहयाेग गर्ने बताउनुभएको छ।
Facebook Comments