रक्तदान अभियानलाई देशभर पुर्याउने अभियानमा ब्लड डोनर्स सोसाइटी नेपाल
रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जागाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ ।
गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले यतिबेला पूर्वी नेपाल ,काठमाडौ उपत्यका र आसपासका का जिल्लाहरुका विभिन्न स्थानमा रक्तदान सम्वन्धि उत्प्रेरणा कार्यक्रमहरु गरिहेको र हालसम्म २० भन्दा बढी स्थानहरुमा कार्यक्रम सम्पन्न भईसकेको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुन बाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै संख्यामा युवाहरु विदेशीनुभएको छ जसले गर्दा रगतको अभाव व्यापक छ । सोही कारण रक्तदान गर्न मिल्नेहरुका लागि रक्तदान उत्प्रेरणा जगाउनका यो अभियान थालेका हौं ।” अभियानमा विभिन्न संघ संस्था, स्थानीय निकाय एवम सामाजिक अभियान्ताहरुको साथ र सहयोग रहँदै आएको उहाँको भनाई छ ।
अभियान अन्तर्गत विभिन्न विद्यालय तथा कलेजमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्नुका साथै र सम्भव भएको स्थानमा सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम पनि गरिँदै आएको संयोजक अधिकारीले बताउनुभयो । अभियान पश्चिम महाकाली पुगेर समापन हुनेछ ।
Facebook Comments