• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
ब्लडकाे लागी मिसन रेड सुरु

नयाँ वर्षको सुरुवात संगै ब्लड डाेनर्स साेसाइटि नेपाल र एस.डि फाउन्डेसनले नयाँ मिसन रेड अभियान सुरु गरेकाे छ। ५ हजार पिन्ट रगत सकंलन गर्ने लक्ष्य लिएकाे साेसाइटिले उक्त अभियानकाे मिसन रेड नाम दिएकाे हाे।

ब्लड डाेनर्स साेसाइटिका अध्यक्ष अर्जुन अधिकरिले यस अभियानमा  १ वर्ष भित्र ५००० पिन्ट रगत सकंलन गरि १०,००० भन्दा बढी युवाहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रमका साथै डिजिटल क्याम्पेन मार्फत ५० लाख युवाहरु माझ पुग्ने लक्ष्य लिएकाे बताउनु भएकाे छ।  यस अभियानमा वर्ष भरि रक्तदान कार्यक्रम,  उत्प्रेरणा कार्यक्रम, डिजिटल क्याम्पेन, रक्तदाता डाटा सकंलन, रगतकाे विषयमा विभिन्न सर्भे लगायत अन्य कार्यक्रमहरु गर्ने अधिकारीले बताउनुभयाे। 

ब्लड डाेनर्स साेसाइटिले अघिल्ला वर्षहरुमा पनि विभिन्न काकार्यक्रमहरु गर्दै आउनुको साथै रगत सहजिकरणमा भुमिका खेल्दै आएको छ।

सम्बन्धित समाचार

Facebook Comments