• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारलाई तीव्रता दिने निर्णय

चितवनको जिल्ला समिति बैठकले संगठन निर्माण र विस्तारलाई तीव्रता दिने निर्णय गर्दै संगठन विस्तार अभियान पुनः सुरु गर्ने घोषणा गरेको छ।

 

 

बैठकले चितवनका स्थगित वडाहरूको अधिवेशन आगामी पुष ६ गते शनिबारबाट प्रारम्भ गरी एक महिनाभित्र सबै वडाहरूको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। पार्टीका जिल्ला सचिव विशाल कोइरालाले यसबारे जानकारी दिएका हुन्।

 

भरतपुरको बसेनीस्थित सचिवालयमा शुक्रबार सम्पन्न बैठक जिल्ला सभापति कृष्णप्रसाद भुसालको संयोजकत्वमा बसेको थियो। बैठकले एकराज बुर्लाकोटीलाई सर्वसम्मतिबाट जिल्ला कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।

 

सचिव कोइरालाका अनुसार संगठन सुदृढीकरण र बलियो नेतृत्व विकासका लागि विभिन्न रणनीतिहरू तय गरिएको छ। बैठकले संगठनलाई बलियो बनाउँदै आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउने योजना अघि सारेको छ।

 

बैठकमा केन्द्रीय सदस्य राजन गौतमसहित केन्द्रीय र प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, संगठन सुदृढीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न योजनाहरू अघि बढाइएको जनाइएको छ।

सम्बन्धित समाचार

Facebook Comments