वरिष्ठ साहित्यकार शरद प्रधानको स्मृति बिम्ब प्रकाशित
काठमाण्डौं,जेठ २१ । वरिष्ठ साहित्यकार शरद प्रधानको पहिलो गैरआख्यान विधाको कृति हो, स्मृति बिम्ब । भारतीय नेपाली साहित्यको यस्तो दस्तावेज हो स्मृति बिम्ब, जसले यसअघि नेपालमा बिरलै सुनिएका साहित्यकारहरुको गहिरो परिचय दिन्छ । त्यसबाहेक नेपालमा चर्चित भारतीय नेपाली लेखकहरुको यसअघि सार्वजनिक नभएका कतिपय रहस्यमय कुरालाई बाहिर ल्याउँछ ।
पुस्तक प्रकाशन हुनुअघि साहित्यपोस्ट (इ) दैनिक र इकागज पत्रिकामा छापिएका ४२ जना साहित्यकारको एकमुष्ठ साहित्यकारहरूका दस्तावेजले भारतीय नेपाली साहित्यको साङ्गोपाङ्गो चित्र प्रस्तुत गर्छ । ‘पुस्तक तयार पार्न साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, इकागजका ओपेड सम्पादक विमल आचार्यको सहयोग त रह्यो नै, प्रकाश सायमिको मार्ग दर्शनले पनि ठूलो काम गर्यो ।’, लेखक शरद प्रधानले भने, ‘सबैभन्दा ठूलो सहयोग दार्जीलिङबाट पुस्तक पठाइदिने त्यहाँका साहित्यकारहरूको भावनाले काम गर्यो ।’
साहित्यपोस्टले प्रकाशन गरेको स्मृति बिम्बको नेपाली मूल्य ४ सय ८० र भारतीय मूल्य तीन सय रहेको छ । पुुस्तक नेपालका मुुख्य पुुस्तक पसलहरुमा उपलब्ध छ ।
Facebook Comments