साैराहा फुड फेस्टिवकाे आज अन्तिम दिन : एलिना, रेशम, सुनिल र शान्ता रानी आउदै
साैराहा । १९औं संस्करणकाे साैराहा फुड फेस्टिवलकाे आज अन्तिम दिन । फेस्टिवलकाे सांस्कृतिक कार्यक्रम अन्तर्गत एलिना चाैहान, शान्तिरानी परियार, रेशम निर्दाेश, सुनिल पण्डितकाे प्रस्तुती रहनेे रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । फेस्टिवल अन्तर्गत आयाेजित रेवान कप महिला फुटबल प्रतियाेगिताकाे फाइनल खेल हुँदैछ । दिउसाे ३ बजे सुरु हुने रेवान कपकाे उपाधिका लागि रत्नप्रिय क्लव र अभिषेक चर्ज रजहर बीच हुने छ । फेस्टिवल अन्तर्गत वेटर रेस र व्याडमिन्टन प्रतियाेगिता सम्पन्न भइसकेकाे छ । प्रणय दिवसकाे दिन हिजाे एकै दिन ५५ लाखकाे काराेबार भएकाे रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । प्रणय दिवसको अवसरमा सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा (रेवान)को आयोजनामा १९औँ संस्करणको सौराहा फुड फेष्टिबल गरिएको हो । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । ९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ ।
Facebook Comments