चितवनमा ब्लू स्टारको ‘टेक कनेक्ट’ सम्पन्न, प्रविधिकहरूलाई व्यावहारिक ज्ञान प्रदान
चितवन, वैशाख २९ – भारतको प्रतिष्ठित एसी ब्रान्ड ब्लू स्टार ले चितवनमा ‘टेक कनेक्ट’ नामक प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा ब्लू स्टारको आधिकारिक वितरक एयरकोन नेपाल इन्कर्पोरेटेड द्वारा रेजान्ता रिसोर्ट होटलमा आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रममा ब्लू स्टारले आफ्ना विभिन्न एसी उत्पादनबारे विस्तृत जानकारी दिनुका साथै अन्य ब्रान्डहरूसँगको तुलनात्मक विशेषता, सर्भिसिङ, मर्मत, सुरक्षा तथा स्पेयर पार्ट्ससम्बन्धी व्यवहारिक ज्ञान प्रवाह गरेको थियो।
एयरकोन नेपालका महाप्रबन्धक राज आलम का अनुसार, कार्यक्रममा सहभागी प्राविधिक र व्यवसायीहरूलाई ब्लू स्टारको उत्पादन गुणस्तर, वारेन्टी सुविधा र ग्राहक सन्तुष्टिमा केन्द्रित सेवालगायत विषयमा अवगत गराइएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी चितवनका लागि ब्लू स्टारको आधिकारिक वितरक ओजस्वी इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक प्रतीक पन्त ले ब्लू स्टार कम्पनी ८० वर्ष पुरानो र भरपर्दो भएको उल्लेख गरे। उनले भने, “अन्य ब्रान्डहरूको विशेषता व्यवहारमा नदेखिए पनि ब्लू स्टारले वाचा अनुसारकै सेवा दिन्छ। साथै, समयमै आवश्यक स्पेयर पार्ट्स प्राप्त हुने भएकाले प्रविधिकहरूको लागि पनि सहज हुन्छ।”
पन्तले थपे, “हामी प्रविधिक साथीहरूलाई भविष्यमा पनि हरेक परिस्थितिमा आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्छौं।”
कार्यक्रममा इनभर्टर र नन-इनभर्टर एसी, क्यासेट्स एसी, कमर्शियल एसी, सेन्ट्रल एसी तथा औद्योगिक प्रयोजनका उपकरणहरूबारे जानकारी गराइएको थियो। साथै, एयरकोन नेपाल द्वारा कोल्ड स्टोर निर्माण तथा जडान सेवा पनि उपलब्ध गराइने जानकारी दिइएको थियो।
महाप्रबन्धक आलमका अनुसार, टेक कनेक्ट कार्यक्रम यसअघि विराटनगर, जनकपुर, हरिवन, हेटौंडा र चितवनमा सम्पन्न भइसकेको छ। आगामी चरणमा काठमाडौँ, भैरहवा र नेपालगञ्जमा पनि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
एयरकोन नेपाल इन्कर्पोरेटेड को मुख्य कार्यालय वीरगञ्जको रानीसती मन्दिर अगाडि रहेको छ भने कर्पोरेट अफिस काठमाडौंको सोल्टीमोडमा अवस्थित छ।
Facebook Comments