• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
प्रदेश सरकार र स्थानीय तहलाई कूल २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ

रकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकार र स्थानीय तहलाई कूल २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार प्रदेश सरकारलाई ६० अर्ब ६६ करोड रुपैयाँ र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड रुपैयाँ हस्तान्तरण गरिने छ।

त्यसैगरी, शर्तसहितको अनुदानमार्फत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

Facebook Comments