• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
निजगढ विमानस्थल निर्माणको घोषणा, वैकल्पिक वित्तीय स्रोतबाट अघि बढाउने सरकारको योजना

सरकारले बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजगढ विमानस्थल निर्माणका लागि आवश्यक स्रोत वैकल्पिक विकास वित्तमार्फत व्यवस्थापन गरिने जानकारी दिएका छन्।

योसँगै सरकारले मुलुकका अन्य विमानस्थल सुधार तथा विस्तार योजनामा पनि प्राथमिकता दिएको छ। भद्रपुर विमानस्थल र टरिगाँउ विमानस्थलको स्तरोन्नति गरिनेछ भने सुर्खेतमा नयाँ विमानस्थल निर्माणको प्रक्रिया सुरु गरिने अर्थमन्त्री पौडेलले बताए।

बढ्दो हवाई चाप र पूर्वाधारको आवश्यकतालाई ध्यानमा राख्दै उडान चाप कम भएका विमानस्थलहरूको वैकल्पिक प्रयोगमा जोड दिने नीति बजेटमार्फत अघि सारिएको छ। यसले आन्तरिक तथा बाह्य हवाई सेवा विस्तारसँगै क्षेत्रीय विकासमा टेवा पुग्ने सरकारको अपेक्षा छ।

सम्बन्धित समाचार

Facebook Comments