• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
स्नातक युवालाई स्वयंसेवक शिक्षकको अवसर, सरकारद्वारा शिक्षक बैंक स्थापना हुने

सरकारले स्नातक तह उत्तीर्ण गरेका युवालाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो योजना सार्वजनिक गरेका हुन्।

शिक्षक अभाव समाधान र शिक्षाको गुणस्तर वृद्धिको लक्ष्यसहित सरकारले "शिक्षक बैंक" स्थापना गर्ने भएको छ। यो बैंक विश्वविद्यालयहरूको सहकार्यमा स्थापना गरिने छ, जसमार्फत योग्य स्नातक युवाहरूलाई आवश्यकतालाई आधार बनाएर विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा खटाइनेछ।

अर्थमन्त्री पौडेलका अनुसार शिक्षक दरबन्दीको पुनरावलोकन गरिनेछ भने अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षकको अभाव हुन नदिने व्यवस्था गरिनेछ।

शिक्षा क्षेत्रको सुधारमा महत्वपूर्ण मानिएको यो योजनाले विशेषगरी ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यालयहरूमा शिक्षण जनशक्ति अभावको समाधान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

Facebook Comments