• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइदै

 काठमाडौं,जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागिता थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माका अनुसार देशभरका सशस्त्र प्रहरी बलका विभिन्न इकाइहरुमा समेत वृक्षरोपणको कार्यक्रम छ ।

यसैगरी दश लाख वृक्षरोपण अभियान अन्तर्गत आज चन्द्रागिरी नगरपालिकामा पनि वृक्षरोपण कार्यक्रम हुँदैछ ।

सम्बन्धित समाचार

Facebook Comments