झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने
काठमाडौं,जेठ २२ । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् ।
‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन ।
भारतको कोलकाता नजिकैको हावरा स्थायी ठेगाना भएका २४ वर्षीय दुर्लभ रोय चौधरी खासमा भारतीय फोटोग्राफर र ब्लगर हुन् । नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न संस्थामा फ्रिलान्स फोटोग्राफरका रुपमा काम गर्ने चौधरीले डलरको फोटोकपी बोकेर नेपाल आएको कारण उनलाई भद्रपुरस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो ।
Facebook Comments