• ५ कार्तिक २०८२, मङ्गलवार
  • २४ °C काठमाडौं
आर्थिक वर्ष ७९/८०को प्रस्तुत नीति तथा कार्यक्रममा एनआरएनए उत्साहित

पालका सम्माननीय राष्ट्रपति विद्धा देवी भण्डारीज्यूद्वारा हिजो मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषहरु समावेश भएकोमा हामी उत्साहित भएका छौं।  

 खास गरी संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुराउने नेपाल सरकारको प्रतिबद्धताको हामी स्वागत गर्दछौं। यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं। संसद्को चालु बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गरी गैरआवासीय नेपाली नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुराउन हामी नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं। हामीले हालै  प्रधानमंत्री कार्यालयमा सरकारको  नीति तथा कार्यक्रममा समेट्न दिएको ८ बुंदे सुझाव मध्ये धेरै सुझावहरु समेटिएकोमा हामी नेपाल सरकार प्रति आभार प्रकट गर्दछौं ।   

 नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउनेकन्सुलर सेवालाई सरलसहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने तथा गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिएका छन्। यस्तैसरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

 नीति तथा कार्यक्रमको अन्त्यमा नेपालको विकासमा सहयोग पु-याउने छिमेकी लगायत सबै मित्रराष्ट्रहरुविकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिइएको छ। 

 यो नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं।  साथै  नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं  । 

सम्बन्धित समाचार

Facebook Comments