• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
पठाओ र टुटल अब अनिवार्य दर्ता हुनुपर्ने

काठमाण्डौं,असार ३ । राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनीहरु अब दर्ता हुनुपर्ने भएको छ । उपत्यकामा राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनीहरुले बाग्मतीप्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता गर्नुपर्ने भएको हो । 

आर्थिक विधेयकमार्फत प्रदेशले आगामी चैत्र मसान्त सम्ममा टुटल, पठाओलाई अनुमति लिन समेत निर्देशन दिएको छ।

यसैगरी, प्रदेशले एपमार्फत दुई पांग्रे सवारी मात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने सवारीले दर्ता शुल्क २५ हजार रुपैयाँ तिनुपर्ने हुन्छ भने चार पाङ्ग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार रुपैयाँ दर्ता शुल्क दिनुपर्ने व्यवस्था प्रदेश सरकारले गरेको छ।

सम्बन्धित समाचार

Facebook Comments