• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी बाट देशभर निर्वाचनमा होमिन तयार भए रबि लामिछाने

काठमाण्डौं,असार ७ ।  पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे ।

‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।

उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए ।

उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए । त्यस्तै रविले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको समेत सो कार्यक्रममा जानकारी दिए ।

सम्बन्धित समाचार

Facebook Comments