• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
‘यौन हिंसाको सुनुवाइको लागि छुटै द्रुत न्यायिक प्रणाली विशिष्टीकरण गर्न आवश्यक : डा.संग्रौला

काठमाण्डौं,असार ९ ।  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले जबरजस्ती करणी तथा बलात्कारको मुद्दामा झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्ने बताएकी छन् । बुधबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हदम्याद राख्दा निर्दोष फस्ने सवालमा झुटो मुद्दा हाल्नेलाई कडा कारवाही गर्नुपर्ने बताएकी हुन् । 


उनले भनिन्, ‘प्रमाण नष्ट हुने र निर्दोष फस्ने जस्ता कुरा गरेर पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन ।’ उनले ‘फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २२९ अनुसार यदि कसैलाई जबरजस्ती करणी गरेको छ भने पीडितले कसुर भएको मितिको एक वर्षभित्रमा दर्ता गरिसक्नु पर्नेछ’  भन्ने दफामा सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताइन् ।  यो समय अप्राप्त भएको उनको भनाइ छ । 


हदम्याद हटाउने विषय अतार्किक र असमान कानुनको परिकल्पना भएको उनको जिकिर छ ।  हदम्यादकै कारणले पीडितले न्याय नपाउने स्थिति हुनु भनेको कानुनले सुरक्षित गरेको मौलिक हक कागजको खोस्कोमा सीमित रहनु जस्तै रहेको उनको भनाइ छ । 


उनले ५० प्रतिशत यौन हिंसाको घटना अदालतमा नपुग्ने गरेको पनि बताइन् ।  ‘यो भनेको हाम्रो न्यायिक प्रणाली द्रुत छैन’ उनले भनिन्, ‘यौन हिंसाको सुनुवाइको लागि छुटै द्रुत न्यायिक प्रणाली विशिष्टीकरण गर्न आवश्यक छ ।’

सम्बन्धित समाचार

Facebook Comments