• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
किन बोलाए  प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौ १४असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।

सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी:महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।

संसद्‌मा विनियोजन बजेटमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (याैनकर्मी) महिलाहरूकाे पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।

`सीमान्तीकृत महिलाहरूकाे समस्या छ, समाजमा । नागरिकताकाे समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएकाे छ । उनीहरूमाथि हुँदै आएकाे दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ´, काठमाडौंमा मङ्गलबार आयाेजित एक कार्यक्रममा भनिन् ।

उनले सीमान्तकृत महिलाहरूकाे अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सराेकारवाला पक्षहरूले साेच्न आवश्यक रहेकाे पनि बताइन् .

सम्बन्धित समाचार

Facebook Comments