लुम्बिनी प्रदशेकी स्वास्थ्य राज्यमन्त्री विमलाले दिइन् राजीनामा
१५ असार । लुम्बिनी प्रदशेकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । वलीले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी छन् ।
केहि दिन अगाडी वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर वलीले उनको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उक्त घटनाको विषयमा छानविन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।निकट स्रोतका अनुसार उनले छानविन समितिलाई सघाउन राजीनामा दिएको बुझिएको छ ।
Facebook Comments