नेपाल पनि श्रीलंकाकै अवस्थामा जान सक्छ : डा. बाबुराम भट्टराई
काठमाण्डौं,असार २८ । बाबुरामले पनि दिए नेपाल पनि श्रीलंकाकै अवस्थामा जानसक्ने चेतावनी, भने नेपाली नेताहरुको परिवारवाद र मनपरीतन्त्रले अझै ठूलो भाँडबैलो ल्याउन सक्छ
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले श्रीलंका घटनाबाट नेपालले बेलैमा पाठ सिक्नुपर्ने बताएका छन् ।
श्रीलंकामा जनआक्रोशबाट राष्ट्रपति र प्रधानमन्त्री नै भाग्नु परेको घटनाबाट नेपाल लगायत अरू देशका नेताहरूले पनि वेलैमा सिके राम्रो हुने बताएका उनले नेपाली नेताहरुको परिवारवाद र मनपरीतनत्रले श्रीलंकाकै अवस्थामा नेपाललाई पनि पुर्याउने दिन टाढा नहुन सक्छ भनेका छन् ।
नेपालमा मौलाउँदै गएको चौतर्फी भष्टाचार, परिवारवाद र आसेपासोवादले नेपाललाई पनि श्रीलंकाको बाटोमा नलैजाला भन्न नसकिने बताएका छन् ।
उनले भनेका छन् , ‘श्रीलंकामा जनआक्रोशबाट राष्ट्रपति र प्रधानमन्त्री नै भाग्नु परेको घटनाबाट नेपाल लगायत अरू देशका नेताहरूले पनि वेलैमा सिक्नु राम्रो होला। नेपालमा अहिले जसरी आर्थिक संकट,चौतर्फी भ्रष्टाचार,परिवारवादरआसेपासेवाद, मनपरीतन्त्र गुत्थिदैछ त्यो दिन टाढा नहुन सक्छ !’
२१ °C काठमाडौं
Facebook Comments