• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
नेपाल पनि श्रीलंकाकै अवस्थामा जान सक्छ : डा. बाबुराम भट्टराई

काठमाण्डौं,असार २८ । बाबुरामले पनि दिए नेपाल पनि श्रीलंकाकै अवस्थामा जानसक्ने चेतावनी, भने नेपाली नेताहरुको परिवारवाद र मनपरीतन्त्रले अझै ठूलो भाँडबैलो ल्याउन सक्छ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले श्रीलंका घटनाबाट नेपालले बेलैमा पाठ सिक्नुपर्ने बताएका छन् ।

श्रीलंकामा जनआक्रोशबाट राष्ट्रपति र प्रधानमन्त्री नै भाग्नु परेको घटनाबाट नेपाल लगायत अरू देशका नेताहरूले पनि वेलैमा सिके राम्रो हुने बताएका उनले नेपाली नेताहरुको परिवारवाद र मनपरीतनत्रले श्रीलंकाकै अवस्थामा नेपाललाई पनि पुर्‍याउने दिन टाढा नहुन सक्छ भनेका छन् ।

नेपालमा मौलाउँदै गएको चौतर्फी भष्टाचार, परिवारवाद र आसेपासोवादले नेपाललाई पनि श्रीलंकाको बाटोमा नलैजाला भन्न नसकिने बताएका छन् ।

उनले भनेका छन् , ‘श्रीलंकामा जनआक्रोशबाट राष्ट्रपति र प्रधानमन्त्री नै भाग्नु परेको घटनाबाट नेपाल लगायत अरू देशका नेताहरूले पनि वेलैमा सिक्नु राम्रो होला। नेपालमा अहिले जसरी आर्थिक संकट,चौतर्फी भ्रष्टाचार,परिवारवादरआसेपासेवाद, मनपरीतन्त्र गुत्थिदैछ त्यो दिन टाढा नहुन सक्छ !’

सम्बन्धित समाचार

Facebook Comments