• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
पत्रकार सन्तोष रेग्मीको "चाचा जी" युट्युब मा 

काठमाण्डौ,साउन २ । नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्ता चाचाजी बारे पत्रकार तथा रेडियोकर्मी सन्तोष रेग्मीले "चाचा जी" वृत्तचित्रको भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन् ।
सन्तोष रेग्मी युट्युब चानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोलाई पत्रकार रेग्मीले लेखन,निर्देशन एवं निर्माण गरेका हुन ।

चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्ता पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकहरूका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तिभर विचलित नभै पत्रकारिताको धर्म निर्वाह गर्न अघि बढ्ने अविराम यात्री हुन् ।

प्रजातन्त्रले मात्र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्‍न सक्छ भन्‍नेमा स्पष्ट रहेका उनी प्रजातन्त्र पुनर्स्थापनापछि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित छन् । उनको भौतिक शरीर हाल हामीमाझ छैन यद्यपि, उनका कार्यले उनलाई अमर बनाएको छ नै नेपाली पत्रकारिताको आकाशमा एक नक्षत्रका रुपमा चम्किला छन् । २९ मिनट लामो उक्त वृत्तचित्रमा चाचा जी बारे पत्रकारिता जगतका बिभिन्न ब्यक्तिवहरुको अन्तर्वाता समेटिएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments