• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
संसदीय विशेष छानविन समितिले गरेको  सोधपुछमा पुर्व अर्थमन्त्रि शर्मा कड्किए  "विश्वास नलागे सुरक्षाकर्मी र पिएसओलाई सोध्नु "

काठमाण्डौं,साउन ५ ।  पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निमार्ण क्रममा विचौलिया प्रवेश गरे नगरेका विषयमा आफुलाई भन्दा सुरक्षाकर्मी र पिएसओलाई सोध्न भनेका छन् ।

बिहिबार संसदीय विशेष छानविन समितिले सोधेको सोधपुछमा शर्माले बजेट निर्माणमा जो संलग्न हुनुपर्ने हो त्यो बाहेक कसैको प्रवेश नभएको जिकिर गर्दै उनले आफ्नो विश्वास नलागे सुरक्षाकर्मी र पिएसओलाई सोध्न आग्रह गरेका छन् ।

शर्माले भने, ‘मेरो विश्वास नलागे सुरक्षाकर्मी र पिएसओलाई सोधे हुन्छ नि !,बजेट निर्माणमा जो संलग्न हुनुपर्ने हो त्यो बाहेक कसैको प्रवेश भएको छैन ।’ सीसीटिभीको विषयमा आफुलाई कुनै जानकारी नभएकोले सीसीटीभीमा भिडियो अभिलेख कति दिनसम्म रहन्छ भन्नेबारे आफूलाई जानकारी नहुने शर्माले बताएका छन् ।

आफुले कुनै पनि व्यापारी पोस्ने काम नगरेको भन्दै उनले भने , ‘म प्राविधिक होइन सीसीटीभीमा कति दिन भिडियो रहन्छ भन्नेबारे मलाई थाहा हुने कुरा भएन,यो विषयमा मलाई होइन, प्राविधिकलाई सोध्नुस् ।’

सम्बन्धित समाचार

Facebook Comments