• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
प्रधानमन्त्री शेर वहादुर देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट

काठमाण्डौं,साउन ७ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसीको नेतृत्वमा  प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट सम्पन्न  भएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले  नागरिकता विधेयक अगाडि  बढाएको बताउनुभयो । 

संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था  अनुसार  नै विधेयक  पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराउनुभयो ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि  धन्यवाद प्रकट गर्नुभयो । 

कार्यक्रममा  संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments