• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
निर्वाचनको मिति घोषणा पछी एमाले नेता प्रसाईले गरे स्वागत

काठमाडौ,साउन १९ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । 
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामि मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको हो । सरकारको उक्त निर्णयलाई नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाईले स्वागतयोग्य रहेको बताएका छन् । 

आगामी निर्वाचनमा उम्मेदवारको आंकाक्षीसमेत रहेका नेता प्रसाइले सामाजिक संजाल मार्फत नेकपा एमाले पनि आवधिक निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै सरकारको यो निर्णय सकारात्मकरहेको बताए ।

साथै प्रसाईले संसदीय तथा प्रदेश निर्वाचनको घोषणा लाई राजनीतिक अस्थिरताको अन्त्य र  मुलुकको समस्या समाधानको ढोका खोल्ने माध्यमको रुपमा लिनु पर्ने धारणा व्यक्त गरेका छन् । 
गत असार २२ गते निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न र मंसिर २ गते गर्न सरकारलाई सुझाव दिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments