• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
केपी ओलीको निरन्तर निशानामा परेका माधव नेपालले के साँच्चिकै राजनीति नै छाड्न लागेका हुन् ?

काठमाण्डौ,साउन २१ । सत्ता गठवन्धन दल नेकपा एकिकृत सामाजवादीका अध्यक्ष माधव कुमार नेपाल यति बेला ठुलो तनावमा देखिएका छन् ।

सरकारले बिहिबार आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने मिति तोकेपछि नेपालमा निरास छाएको देख्न सकिन्छ ।

अध्यक्ष नेपाल यति बेला सर्वाजनिक रुपमा नै राजीनित छा्डन मन लागेको भन्ने अभिव्यक्ति दिन थालेका छन् । उमेर ७० वर्ष काटेपछि राजनीति छाड्न मन लागेको बताएका उनले परिस्थितले छोड्न नदिएको बताएका छन् ।

साथै, बिहिबार एक कार्यक्रमा उनले चुनावमा नउठे पनि माधव नेपाल डरायो भन्लान् कि भन्ने डर लागेको बताएका थिए । ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’उनले भनेका थिए ।

आज शुक्रबार बसेको सत्ता गठवन्धन दलको बैठकमा चुनावी तालमेल गर्ने सहमति भएसँगै सिट बाँडफाटका लागि समेत कार्यदल बनेपछि अध्यक्ष नेपालले राजनीति गर्न गाह्रो भएको बताएका छन् ।

नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments