नर्भिक अस्पतालका टहरा तत्काल भत्काउन नपाएपछि झोक्किएका मेयर बालेन शाह यसरी खनीए सर्वोच्च विरुद्ध
काठमाण्डौं,साउन २६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सर्वोच्च अदालतले गरेको निणर्य प्रति आक्रोशित बनेका छन् ।
सर्वोच्चले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएका संरचना तत्काल नहटाउन आदेश दिएपछि मेयर साश आक्रोशित बनेका हुन् ।
‘सर्वोच्चको आदेशपछि मेयर साहले नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान दियोस् ‘ भनेका छन् । साथै आक्रेशित भएका साहले बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’
साहले नर्भिक अस्पताललाई सरकारी जग्गामा बनाएका संरचना तत्काल हटाउन भन्दै २४ घन्टे अल्टिमेटम दिएका थिए । जसपश्चात अस्पतालले सर्वोच्चमा दायर गरेको रिटमा आज अल्पकालीन आदेश दिँदै सर्वोच्चले तत्काल संरचना नहटाउन भनेपछि साह आक्रोशित बनेका हुन् ।
सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि सोमबार बोलाएको छ ।
Facebook Comments