• ३ कार्तिक २०८२, आइतवार
  • २७ °C काठमाडौं
मेयर बालेन साह लाई गलाउन के फोहर नउठे कै हो त ?

काठमाण्डौ,साउन ३० । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रकलाई आइतबार काठमाडौं तारकेश्वर नगरपालिका–३ का स्थानीयले नै अवरोध गरे । खानेपानीको मुहानमा फोहोर फालेको भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएको गाडी बाटैमा रोकिए ।

फोहोर फाल्नेहरूलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपर बन्चरेडाँडा जान रोकिएका थिए । फोहोर हटाउने र जनप्रतिनिधि तथा प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालकको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढेपछि अवरोध हट्यो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट बाख्रा मरेको भन्दै आइतबार नै फेरि अवरोध सिर्जना भयो । बाख्राको क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि फोहोर बोकेका ट्रकबीच बाटैमा रोकिएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments