• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
प्रधानमन्त्री देउवा भन्नुहुन्छ गठबन्धनको भर नपर्नु

काठमाण्डौ,साउन ३० । प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलो दल बनाउनेगरि तयारी थाल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देश्न दिएका छन् । पार्टीले आज (सोमबार) आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनको भर नपर्न पनि आग्रह गरेका छन् । उनले जनताको विश्वास जित्नेगरि नेता तथा कार्यकर्ताहरु खटिनुपर्नेमा जोड दिएका हुन् । सो अवसरमा उनले चुनाव जितिहालिन्छ भनेर ढुक्क नहुनपनि आग्रह गरेका थिए ।

उनले भनेका थिए,”गठबन्धन छँदैछ भनेर ढुक्क भएर नबसौं । जनताको मन जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ ।

सम्बन्धित समाचार

Facebook Comments