• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित : नेता रावल

काठमाण्डौं,साउन २ । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ :

"देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।"


नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।

राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।

सम्बन्धित समाचार

Facebook Comments