नेता प्रदिप गिरीको निधन, आइतबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाण्डौं,भदौ ५ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधिसभा सदस्य प्रदिप गिरीको शनिबार साझ ललितपुर भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको छ। नेपाली कांग्रेसद्धारा शनिबार जारी विज्ञप्ति अनुसार उनको ९ः३० बजे निधन भएको हो ।
गम्भिर बिरामी भएपछि केही दिनदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । गिरीको उपचार आईसियुमा भईरहेको थियो। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गिरीप्रति हार्दिक श्रद्दान्जली र परिवाजनमा समवेदना व्यक्त गरेको छ।
उनको पार्थिव शरिर अन्तिम श्रद्दान्जलीका लागी आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित मेडिसिटी अस्पतालको शिवालयमा राख्ने र बिहान ११ः३० देखि दिउसो २ बजेसम्म कांग्रेस केन्द्रिय कार्यालय सानेपा ललितपुरमा राख्ने जानकारी कांग्रेसले विज्ञप्ति मार्फत दिएको छ।
उनको आइतबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने छ।
Facebook Comments