• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
लैनचौर टिम च्याम्पियन

काठमाडौं, भदौ ६ । लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको  छ ।
भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

कृजला श्रेष्ठ, पुनम खत्री, आकृति गुरुङ, रोहन भुजेल, पुष्पत्तम राउत र स्विकार रजकले लैनचौरलाई स्वर्ण दिलाए । रितिका शाही, लेङडेन तामाङ र समन्ना खड्गीले रजत जिते । सुमिना खड्गी, अनिश लामा र ऋतिक तामाङले कांस्य हात पारेको लैनचौरका प्रमुख गौरव रजकले जनाएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments