• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
युवा संघले उठायो बबरमहल,अनामनगर,भाटभटेनी वरपर थुप्रिएको फोहोर

 भाद्र ७, काठमाडौँ l राष्ट्रिय युवा संघले विगत ९ दिनदेखि काठमाडौंका विभिन्न स्थानमा सरसफाई अभियान जारी राखेको छ।

उक्त अभियान अन्तर्गत संघले मंगलबार बबरमहल, अनामनगर, भाटभटेनी वरपर लगायत मदन भण्डारी कलेज छेउछाउका दोभानमा सरसफाई गरेको हो ।

अध्यक्ष किरण पौडेलको नेतृत्वमा सरसफाई अभियान सुरु गरेको संघले काठमाडौंका सडक पेटी छेउछाउमा थुप्रिएका सबै फोहोर नउठे सम्म अभियान जारी राख्ने जनाएको छ । मंगलबार सरसफाईका क्रममा संघका अध्यक्ष पौडेलले सरसफाई कार्यक्रम विशुद्ध समाज सेवा भएको उल्लेख गर्दै कसैको आग्रह, पूर्वाग्रह, शर्त वा स्वार्थ भन्दा धेरै माथि उठेर सञ्चालन गरिरहेको बताए ।

अध्यक्ष पौडेलका अनुसार् संघले उठाएको फोहोर  विगत ४ दिनयता देखि सिसडोलमै व्यवस्थापन भइरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments