स्वतन्त्र रहेका बालेन कसरी बने काठमाण्डौको मेयर ?
क्रान्ति 'क'बाट होइन 'ज्ञ'बाट सुरु हुन्छ र त्यो 'ज्ञ' ज्ञान हो!" यस्तो नारा अङ्कित टी-शर्ट लगाएका युवाहरूको समूह काठमाण्डू महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहवरपर १३ दिन नै भेला भए।
टी-शर्टको अगाडिपट्टि छातीमा देखिनेगरी बालेन्द्र शाहको तस्बिर र ढाडमा अहिले निकै चर्चामा रहेको नाम "बालेन" प्रष्ट देखिन्थ्यो।
उनीहरूमध्ये कोही एउटा हातमा तथ्याङ्क टिपिएको कागज बोकी सभागृह परिसरबाट निस्किन्थे र बाहिर "बालेन जिन्दाबाद"को नारा लगाइरहेको भिड नजिकै पुग्थे अनि केही जानकारी दिएर फेरि भित्र फर्किन्थे।
त्यहाँ जम्मा भएको भिडले मतगणनामा बालेन निरन्तर अगाडि भएको र मतान्तर अझ फराकिलो बन्दै गएको थाहा पाउँथ्यो।
स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मेयर पदका अन्य उम्मेदवारलाई बालेनले हजारौँ मत सङ्ख्याले पछाडि पारेको थाहा पाउँदा उनीहरू हर्षोल्लास गर्दै उफ्रिन्थे। थप चर्को नारा लगाउँथे। कोही गीत गाउँथे भने कोही नाच्थे।
२१ °C काठमाडौं
Facebook Comments