• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
चोलेन्द्रलाई प्रहरी लगाएर ‘नजरबन्द’ गराएको भन्दै ओलीको विरोध

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाउनु भएको छ। बालकोटमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उँहाले सरकारी रवैयाको विरोध जनाउनु भएको हो। 

‘सेना पुलिस छ भन्दैमा कसैलाई ‘नजरबन्द’ गर्न पाइन्छ? लोकतन्त्रमा कसैलाई पनि ‘नजरबन्द’ गर्न पाइँदैन सेना पुलिस छ भनेर जे पनि गर्ने, घर घर्ने ?’ भन्दै उँहाले आक्रोश समेत पोख्नु भएको छ। संसदबाट महाअभियोग प्रमाणित नभएपछि राणा सर्वोच्चमा जाने प्रयास गरेका थिए। त्यस प्रयासलाई ओलीले जायज भएको उल्लेख गर्नुभएको छ।

‘अभियोग पुष्टि भएन भने उहाँले के गर्ने त? ’ उँहाले भन्नुभयो?
प्रतिनिधिसभा निष्क्रिय भएसँगै आफूविरूद्धको महाअभियोग पनि निष्क्रिय भएको तर्क गर्दै राणाले सर्वोच्च जाने प्रयास गरेका थिए। राणाको प्रयासपछि प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटार र सर्वोच्च अदालतमा परिसरमा बाक्लो  संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

सरकारले षडयन्त्रपूर्वक राणाविरूद्धको महाअभियोगलाई ६ महिनासम्म झुलाएको बताउदै ओलिले ‘प्रतिनिधिसभामा महाअभियोग दर्ता भएपछि किनारा लाग्नुपर्छ भनेर हामीले माग राख्यौँ। सत्तापक्षले गणितीय खेल खेल्यो ऊ यो गलत भयो। सत्तापक्षले विलम्ब गरेर सफाइ दियो। आफैँले खनेको खाल्डोमा सरकार आफैँ पर्‍यो,’ भन्दै सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको ओलीको आरोप छ।

सम्बन्धित समाचार

Facebook Comments