• ५ कार्तिक २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
किड्नीमा भएको पत्थरी सन्चो बनाउने घरेलु उपाय

पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी खानुपर्छ । पानी प्रशस्त खाने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसाबमार्फत जान्छ ।

कागती : कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी खाँदा स–साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस : अनारको जुसमा किड्नीको पत्थरीबाट राहत दिने तत्त्व हुन्छन् । त्यसैले किड्नीमा स्टोन भएकाहरूले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु राम्रो हो ।

राजमा : राजमा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन ‘बी’ र मिनरल्र्स पाइन्छन्, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै, यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी : किड्नीमा स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु राम्रो हो । किड्नीमा पत्थरी छ भने एक चम्चा तुलसी पातको रस र मह एकसाथ पिउनुपर्छ । छ महिनासम्म दिनहुँ यसरी तुलसीको पात र मह मिसाएर खाँदा पत्थरी निस्किएका उदाहरण धेरै छन् ।

खानपिन सुधार्ने किड्नीमा पत्थरी छ भने सोडा, इनर्जी ड्रिंक्स, प्रसोधित खाद्य, जाँडरक्सी कम गर्नुपर्छ र फलफूल तथा तरकारीको मात्रा बढाउनुपर्छ । खाना बार्ने चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलोजस्ता खानाले पत्थरी बढाउने भएकाले यस्ता खाना बार्ने गर्नुपर्छ ।

सम्बन्धित समाचार

Facebook Comments