• ५ कार्तिक २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
दशैंमा यसरी अपनाउ स्वास्थ्य सावधानी

यस वर्षको बडादशैं पनि हाम्रो घर आगँनमा आइसकेको छ। दशैंलगत्तै तीहार, छठ र माघेसक्रांन्ति पनि नेपालीका महान चाडहरु हुन्। यस्ता चाडबाडमा मुख्यगरी आफन्तसँग भेटघाट, ठुलाबडाबाट आशिर्वाद लिने र सानालाई संस्कार सिकाउने तथा खानपान गर्ने चलन छ। अझ भन्नुपर्दा खानपान र आफन्तसँगको भेटघाटले आफ्नो स्वास्थ्यलाई समय दिन सकिएको हुँदैन।

छोटो समयमा भिन्न स्वादका परिकारका छिटोछिटो खानुपर्ने हुन्छ।  नियमीत गरिने व्यायाम र कसरत पनि स्थगित गरिएको हुन्छ। जसले गर्दा मानिसका नियमित क्रियाकलाप पनि चाडपर्व केन्द्रीत भएका हुन्छन्। त्यसैत चाडपर्वमा धेरै परीकार बन्छन् त्यसमाथि नुन,तेल, चिनी, मसला आदि थोरै थोरै राख्दा पनि स्वतः धेरै प्रयोग भएको हुन्छ। अझैं चाडबाडमा पेय पदार्थको प्रयोग पनि अत्यधिक गरिन्छ। 

विशेषगरी फुलपातिबाट मासुका परिकार बनाउन सुरु गरिन्छ। मासु खाँदा पोलेर, सेकेर, मसलादार बनाएर र झोलका रुपमा खाने गरिन्छ। पोलेका परिकार खाँदा दाँतमा अड्किने सम्भावना धेरै नै हुन्छ। यस्तै तातो रसले मुखभित्रको छालालाई असर पार्दछ। यस्तै सुपारी,छुर्पी जस्ता कडा खालका खानेकुराले दाँत नै भाँचिने सम्भावना रहन्छ।

यस्तै चुरोटको सेवनले मुखभित्रका मांशपेसीलाई सुक्खा बनाउने काम गर्दछ। अमिला अचारका परिकार र कोलड्रिङसले दाँतमा झनझनाहट र चिसो लाग्ने काम गर्छ। त्यसैगरी तीहारको समयमा खाइने ड्राइफुडm छठको समयमा खाइने कसार ठकुवा जस्ता कडा खालका खानेकुरा र माघे सक्रांन्तीमा खाइने चाकु पुष्टकारी जस्ता खानेकुराले दाँतको सिमेन्ट, खोल आदि निकाल्ने सम्भावना हुन्छ। 

कसरी  सावधानी अपनाउने
-मासुका परिकर खाँदा प्रेसर कुकरमा ५-६ सिट्ठी लगाएर नरम बनाएर मात्रै खाने

-रोष्ट, सेकुवा, छोइला, चिउरा आदिले मुखको मांशपेसीलाई सिथिल बनाउने हुँदा यस्ता परिकार खाँदा विशेष ख्याल गर्ने

-दाँतकोबीचमा अड्केका मासुलाई लामो समयससम्म रहन नदिन डेन्टल फल्स नामको धागोले निकाल्ने र यसको प्रयोग विधिका बारेमा दन्त चिकित्सकसँग सल्लाह लिने

-दाँतको चेपमा दुखाई महसुस भएमा उक्त खाना दाँतबाट निकाली मनतातो नुनपानी वा कुल्ला गर्ने औषधि  (सिएचएस) लिने र डेल्टा जेल उक्त भागमा सफा औंलाको सहाराले लगाउने

-कडा खालका खानेकुरालाई केही समय पानीमा डुबाएर मात्रै खाने

-मिठाईका परिकार खाएपछि मुख राम्रोसँग कुल्ला गर्ने

-चिसो पेय पदार्थमा अम्लको मात्रा पनि हुने भएकोले धेरै समय मुखमा राख्नु हुँदैन। यस्तै पदार्थ धेरै खानु हुँदैन र खाएपछि सफा पानीले कुल्ला गर्नुपर्छ। 

-चुरोटको सेवनले मुखका नरम मांशपेसीमा रगतको संचालनमा कमी ल्याई सुक्खा बनाउँदछ। यस्तो अवस्थामा कडा खानेकुराले घाउ लागेमा निको हुन पनि धेरै समय लाग्छ।

सम्बन्धित समाचार

Facebook Comments